सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

राजनीति

जाजरकोटमा एमाले संस्थापकसहित ९ जना माओवादी केन्द्रमा प्रवेश, पारसमणिद्वारा स्वागत 


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/7826
    बैशाख १४, २०८१ शुक्रबार
    जाजरकोटमा एमाले संस्थापकसहित ९ जना माओवादी केन्द्रमा प्रवेश, पारसमणिद्वारा स्वागत 

    काठमाडौं । जाजरकोट भेरी नगरपालिका–८ का नेकपा (एमाले) संस्थापकसहित नौ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बिहीबार पार्टीको कार्यकता तथा प्रशिक्षण भेलामा एमाले परित्याग गरी नौ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । 

    438223595_1161237255227883_8797715417416707736_n.jpg

    भेरी नगरपालिका–८ का एमाले संस्थापक वीरेन्द्रबहादुर कार्की, वडा नम्बर ७ का गोपाल बुढा, श्यामबहादुर बुढा, लालवीर बुढा, भरत राना, लालबहादुर बिक, कलिवान टमाटा र हिमाल बुढाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

    438216969_1161237385227870_801596797458710622_n.jpg

    नवप्रवेशीलाई राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्मा ‘पारसमणि’ले स्वागत गरेका थिए । उनले खादा पहिराएर पार्टीमा स्वागत गरेको माओवादी केन्द्र कर्णाली प्रदेश सचिवालय कमिटीका सदस्य ईमाश्वर देवकोटा ‘विराग’ले बताए । 

    438224931_1161237435227865_1006164051853906097_n.jpg

    पारसमणिले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै सबैलाई बधाईसमेत दिएका थिए । उनले सबैलाई समान हैसियतमा पार्टीमा व्यवस्थापन गर्ने बताएका छन् । यसका साथै उनले पार्टीलाई थप गति दिन प्रवेशीहरुको भूमिका उल्लेखनीय हुने अपेक्षा लिएको बताएका छन् ।

    हेर्नुहोस् प्रवेशीको सूची :

    438205293_1161237031894572_7276448973522661659_n.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij