मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

राजनीति

सत्ता गठबन्धनप्रति माधव नेपालको चर्को असन्तुष्टि : भन्छन् – जतिबेला पनि त्याग्न सक्छौँ सरकार 


  • 631
    SHARES
  • https://indrenipost.com/index.php/posts/7830
    बैशाख १४, २०८१ शुक्रबार
    सत्ता गठबन्धनप्रति माधव नेपालको चर्को असन्तुष्टि : भन्छन् – जतिबेला पनि त्याग्न सक्छौँ सरकार 

    काठमाडौं । सत्ता गठबन्धन दल नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जतिबेला पनि सरकार त्याग्न सक्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टीलाई गठबन्धनले उपेक्षा गरे सरकार त्याग्न सक्ने चेतावनी दिएका हुन् । 
    आज ९शुक्रबार० काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले  यस्तो चेतावनी दिएका हुन् । नेपालले नेपालको अहिलेको राजनीति र नेपालको मौसम उस्तैउस्तै रहेको टिप्पणी गरे । 

    नेपालको मौसममा केही भन्न नसकेजस्तै राजनीतिमा पनि केही भन्नसक्ने अवस्था नरहेको जिकिर गरे । उनले राजनीतिक स्थायित्व देशलाई चाहिएको बताए ।

    अध्यक्ष नेपालले भने, ‘अहिलेको नेपालको राजनीति नेपालको मौसम जस्तै छ । तर हामी चाहन्छौँ, मौसमको बारेमा केही भन्न नसके जस्तै नेपालको राजनीतिमा भन्न नसक्ने अवस्था नबनोस् । प्रस्ट रूपमा हामीले भन्न सकौँ । राजनीतिक स्थायित्व हामीलाई चाहिएको छ तर राजनीतिक स्थायित्व भनेको परिवर्तनका लागि, विकासका लागि हो । देशलाई अघि बढाउनका लागि हो । त्यसैले हामीले सुशासनको कुरालाई उच्चतम प्राथमिकता दिन्छौँ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij