सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उपनिर्वाचन

इलाम-२ र बझाङ-१ ‘क’मा उत्साहजनक ढंगले मतदान सुरु


  • 451
    SHARES
  • https://indrenipost.com/index.php/posts/7834
    बैशाख १५, २०८१ शनिबार
    इलाम-२ र बझाङ-१ ‘क’मा उत्साहजनक ढंगले मतदान सुरु

    काठमाडौं । इलाम–२ र बझाङ १ ‘क’ मा मतदान सुरु भएको छ । बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

    निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म हुनेछ ।

    इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् । आयोगले निर्धक्क भएर मतदानमा भाग लिन आग्रह गरेको छ ।

    निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको पाण्डेयले जानकारी दिएका छन् ।

    सम्बन्धित निर्वाचन क्षेत्रका मतदाताहरूको सहज आवागमनका लागि सार्वजनिक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij