मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

उपनिर्वाचन

एमाले उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेसका डम्बरबहादुर खड्काद्वारा मतदान


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/7837
    बैशाख १५, २०८१ शनिबार
    एमाले उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेसका डम्बरबहादुर खड्काद्वारा मतदान

    काठमाडौं । इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ र कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले मतदान गरेका छन् ।

    दुवै जनाले इलाम सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    यसअघि रास्वपा उम्मेदवार मिलन लिम्बूले पनि मतदान गरिसकेका छन् । उनले माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा लिम्बूले पहिलो मतदान गरेका हुन् ।

    इलाम-२ को सबै मतदानस्थल र केन्द्रहरूमा शान्तिपूर्ण तवरले मतदान समयमै सुरू भएको छ ।  निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij