काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले रास्वपा सभापति रवि लामिछानेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको भए प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् ।
कांग्रेस नुवाकोट-काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै केसीले कांग्रेसबाट कसले प्रधानमन्त्रीको अफर गरेको हो त्यसको प्रमाण सार्वजनिक गर्न लामिछानेलाई चुनौती दिएका हुन् । '
गृहमन्त्रीसमेत रहेका रवि लामिछानेले कांग्रेसले प्रधानमन्त्रीको अफर गरेको बताउनुभएको छ । प्रमाण छ भन्नुभएको छ । म सोध्न चाहन्छु- हाम्रो पार्टीबाट कसले प्रधानमन्त्रीको अफर गर्यो ? प्रमाण ल्याउनुस्,' उनले भने ।
कांग्रेस कार्यकर्ताले आफ्नो वा अर्को जुनसुकै भ्रष्टाचारीको विरोधमा बोल्नुपर्ने उनले बताए । कांग्रेस एकजुट भएर अघि बढे कसैले हराउन नसक्ने केसीको भनाइ छ ।