सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उपनिर्वाचन

इलाम-२ मा ३० प्रतिशत मतदान


  • 658
    SHARES
  • https://indrenipost.com/index.php/posts/7844
    बैशाख १५, २०८१ शनिबार
    इलाम-२ मा ३० प्रतिशत मतदान

    काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ३० प्रतिशत मतदान भएको छ ।

    बिहान साढे ११ बजेसम्म ३० प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए ।

    बिहान ७ बजेदेखि चलिरहेको मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा अघि बढिरहेको घिमिरेले बताए । एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि इलाम २ मा उपनिर्वाचन भइरहेको छ ।

    यो निर्वाचनमा ठूलासाना दल र स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    नेकपा (एमाले)बाट सुहाङ नेम्बाङ, कांग्रेसबाट डम्बरबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू, स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह लिम्बू थेगिम लगायत चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

    निर्वाचन आयोगका अनुसार इलाम–२ मा १ लाख १६ हजार ८८९ मतदाता छन भने ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij