सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उपनिर्वाचन

इलाम र बझाङमा मतगणना हुँदै


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/7850
    बैशाख १६, २०८१ आइतबार
    इलाम र बझाङमा मतगणना हुँदै

    इलाम । उपनिर्वाचन भएका इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ (१) को मतगणना आज सुरु गरिंदैछ ।

    इलामको मतगणना आज बिहानदेखि सुरु गर्ने तयारी छ । मतगणना इलाम सदरमुकामको गौतमबुद्ध सभागृह हुनेछ । मतगणना सुरु गर्नुअघि बिहान ७ बजे सर्वदलीय बैठक बसेको छ ।

    बैठकपछि मतगणना सुरु हुनेछ । चुलाचुली गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाको मतपेटिका शनिबार राति १० बजेसम्म पनि संकलन हुन नसकेपछि शनिबार नै गणना सुरु गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

    सर्वदलीय बैठकले मतगणनाबारे विविध निर्णय गरेपछि मात्र मतगणना सुरु हुनेछ ।

    बझाङमा पनि सर्वदलीय बैठक बसेको छ । उक्त बैठकको निर्णय पश्चात् मतगणना हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij