सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

उपनिर्वाचन

इलाममा मतगणना ११ बजेपछि, बझाङमा १२ बजेदेखि हुँदै

दुवै निर्वाचन क्षेत्रको मतपेटिका संकलन


  • 406
    SHARES
  • https://indrenipost.com/index.php/posts/7858
    बैशाख १६, २०८१ आइतबार
    इलाममा मतगणना ११ बजेपछि, बझाङमा १२ बजेदेखि हुँदै

    काठमाडौं । इलाम–२ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ । केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो ।

    मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन समय लागेकाले ११ बजेदेखि मात्र गणना गर्ने निर्णय भएको हो । इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुनेछ ।

    गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन् । मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ । मतपरिणाम एक–एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उनले जानकारी दिए । उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

    शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन् ।

    विसं. २०७९ मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । त्यस्तै बझाङमा मतपेटिका संकलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्नेगरी तयारी भइरहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij