बझाङ । बझाङ–१ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक मतरिणाम सार्वजनिक गरिएको छ ।
जसअनुसार नेकपा (एमाले)का उम्मेदवारले दोब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।
एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ६१५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ मत प्राप्त गरेका छन् ।
माओवादी केन्द्रका जनक बुढाले २१७ मत पाएका छन् । यहाँ करिब ३० हजार मत खसेको छ ।