काठमाडौं । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।
एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ८९८ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा कांग्रेस छ । कांग्रेसका उमेदवार डम्बर खड्काले ६ हजार २८० मत पाएका छन् ।
सुहाङ खड्काभन्दा २ हजार ६१८ मतले अगाडि छन् । स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ४ हजार ६६२ मत प्राप्त गरेका छन् ।
रास्वपाका मिलन लिम्बूले १ हजार ३०५ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।