बिहीबार , असार २६ गते २०८२ Jul 10 2025 Thursday
images
images

यस्तो छ आज दिनभरको मौसम


  • 595
    SHARES
  • https://indrenipost.com/index.php/posts/7878
    बैशाख १७, २०८१ सोमबार
    यस्तो छ आज दिनभरको मौसम

    काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसले गर्दा सोमबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहनेछ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    देशको उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी, मधेश र लुम्बिनी  प्रदेशका केही र बाँकी भागको थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

    गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    यस्तै लुम्बिनी र कोशी प्रदेशका तराईका केही  र बाँकी भूभागका थोरै स्थानमा हावाहुरीको सम्भावना छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij