बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

दुर्घटना

भोजपुरमा जीप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, मृतकको पहिचान खुल्यो 


  • 469
    SHARES
  • https://indrenipost.com/index.php/posts/7883
    बैशाख १७, २०८१ सोमबार
    भोजपुरमा जीप दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु, मृतकको पहिचान खुल्यो 

    काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका–८ पारकुवामा जीप दुर्घटना भएको छ ।

    बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जीप दूधकोशी नदी किनारमा खसेको छ ।

    दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

    घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij