काठमाडौं । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले कांग्रेसका डम्बर खड्कासँगको मतान्तर झन्(झन् फराकिलो बनाउँदै लगेका छन् ।
पछिल्लो मतपरिणामअनुसार, एमालेका सुहाङले ११ हजार ६१९ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका कांग्रेसका खड्काले ७ हजार ६५९ मत पाएका छन् । सुहाङ र डम्बरबीचको मतान्तर ३ हजार ९ सय ६० छ ।
तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ७ हजार ४५२ मत पाएका छन् । डेकेन्द्रसिंह कांग्रेसका खड्काभन्दा २ सय ७ मत मात्रै पछि छन् ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले १ हजार ५९६ मत पाएका छन् ।