काठमाडौं । इलाम २ को जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्बाङले फराकिलो मतान्तरले अगाडि छन् ।
३२ हजार १९४ मत गणना हुँदा नेम्बाङले १३,०६९ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ८,३८६ मत प्राप्त गरेका छन् ।
निकटतम् प्रतिस्पर्धी दुई उम्मेदवारबीच ४६८३ मतको अन्तर भएको छ ।
स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८०९८ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बुले १७१३ मत प्राप्त गरेका छन् ।