काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरक्रिया गर्ने भएको छ । उसले यहीँ वैशाख १८ गते उक्त कार्यक्रम गर्ने पार्टी जनप्रचार तथा प्रकाशन विभागले जनाएको छ ।
नेकपाको नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक वैशाख ५ गतेदेखि ९ गतेसम्म कपिलवस्तुमा सम्पन्न गरेको थियो । सो बैठकमा गरेका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्नुका साथै पार्टीको अन्तरक्रिया कार्यक्रम गर्ने लागेको हो ।
पाँचौं पूर्ण बैठकले कम्युनिस्ट पार्टीहरुबीच एकता, समाजवादी मोर्चा, संसदीय निर्वाचन र सांगठानिक प्रस्तावहरुमा दूरगामी महत्व राख्ने निर्णय गरेको जनप्रचार तथा प्रकाशन विभागले बताएको छ ।