सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

इलाम उपनिर्वाचन

सुहाङले १६ हजार मत कटाए, डम्बरलाई थेगिमले पछ्याउँदै, मिलन झन् पछि पर्दै 


  • 694
    SHARES
  • https://indrenipost.com/index.php/posts/7893
    बैशाख १७, २०८१ सोमबार
    सुहाङले १६ हजार मत कटाए, डम्बरलाई थेगिमले पछ्याउँदै, मिलन झन् पछि पर्दै 

    काठमाडौं । इलाम–२ मा एमालेका सुहाङ नेम्वाङले अग्रतालाई बढाइरहेका छन् । पछिल्लो परिणामानुसार नेम्वाङले १६ हजार २१९ मत पाएका छन् ।

    फाकफोकथुम गाउँपालिका, माङ्सेवुङ गाउँपालिका, चलाचुली गाउँपालिका, माई नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ तथा देउमाई नगरपालिकाको वडा नम्बर १, २ ३ र ४ को मतगणना सकिँदा सुहाङले पाँच हजार ६६२ मतले अग्रता लिएका हुन् । 

    उनलाई पछ्याइरहेका कांग्रेसका डम्बर खड्काले १० हजार ५५७ मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले आठ हजार ८२५ मत पाएका छन् । 

    रास्वापाका मिलन लिम्बूले दुई हजार ६४५ मत पाएका छन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij