बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

समाचार

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति


  • 415
    SHARES
  • https://indrenipost.com/index.php/posts/7901
    बैशाख १८, २०८१ मंगलबार
    डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

    गाईघाट (उदयपुर) । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्गलका रुखबिरुवामा क्षति भएको छ ।

    डिभिजन वन कार्यालयका अनुसार दशदिनअघिदेखि लागेको डढेलोका कारण त्रियुगा चौदण्डीगढी र त्रियुगा नगरपालिकाबीच क्षेत्रको फुलजोर देवीस्थान, सरस्वती, बेल्टार सामुदायिक वनमा क्षति भएको हो ।

    खडेरीका कारण जङ्गल क्षेत्रमा डढेलो चारैतिर फैलिएकाल साना रुख बिरुवामा क्षति पुगेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी तथा सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

    यसैगरी, जिल्लाको मध्यउत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिका–५ क्षेत्रका जङ्गलमा पनि डढेलो लाग्दा वनमा क्षति भएको छ ।

    डढेलो नियन्त्रणको प्रयास भए पनि हुरीबतासका कारण त्यो पूर्ण रूपमा सफल नभएको डिभिजन वन कार्यालयले जनाएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij