बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थल अगाडि माइकिङ् सुरु (सूचीसहित)


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/791
    असोज ६, २०७८ बुधबार
    कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थल अगाडि माइकिङ् सुरु (सूचीसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाको राजस्व विभागले घरजग्गा र सम्पत्ति कर नबुझाउने २६ ठूला करदाताको कार्यस्थलमा आजदेखि माइकिङ् सुरु गरेको छ ।

    गत असार १६ गते कर तिर्न आउनका लागि ३० दिने सार्वजनिक सूचना जारी गरिएको थियो । माइकिङ्सँगै तोकिएको अवधिमा कर तिर्न नआए त्यसपछि घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरिने भएको छ । करदातालाई पटक पटक कर तिर्न आग्रह गर्दा पनि अटेर गरेपछि यस्तो कार्यशैली अपनाउन परेको विभागले जनाएको छ ।

    आज कान्तिपुर होटल, ब्याट्री कारखाना, नेपाली जामे मस्जिद, ह्वाइट फिल्ड स्कुल, जयनेपाल हललगाएत अन्य ठाउँमा माइकिङ् गर्ने विभागको कार्यक्रम रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij