बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

बिहानै भ्यान दुर्घटना, चालकको घटनास्थलमै मृत्यु


  • 433
    SHARES
  • https://indrenipost.com/index.php/posts/7918
    बैशाख १९, २०८१ बुधबार
    बिहानै भ्यान दुर्घटना, चालकको घटनास्थलमै मृत्यु

    फिक्कल (इलाम) । आज बिहान यहाँ सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    दुर्घटनामा परी मारुती भ्यानका चालक देउमाई नगरपालिका–६ का २५ वर्षीय दिपेश राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगूले बताए ।

    भ्यानमा सवार इलाम नगरपालिका–५ निवासी २६ वर्षका विश्वास राई गम्भीर घाइते भएका छन् ।

    उनलाई उपाचारका लागि झापा पठाइएको प्रहरी नायब उपरीक्षक जवेगूले जानकारी दिए ।

    झापाबाट इलाम आउँदै गरेको मे१ज ३२६३ नम्बरको भ्यान मेची राजमार्गअन्तर्गत रोङ गाउँपालिका–४ बाइखोरमा दुर्घटना भएको हो ।

    भ्यान राजगमार्गबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij