बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

अर्थ

आजदेखि साहज ऊर्जाको आईपीओ बिक्रीमा


  • 2.5K
    SHARES
  • https://indrenipost.com/index.php/posts/793
    असोज ६, २०७८ बुधबार
    आजदेखि साहज ऊर्जाको आईपीओ बिक्रीमा

    काठमाडाैं । साहस ऊर्जा लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ७० करोड बराबरको ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।

    निष्कासन गरिने कुल कित्तामध्ये ३ प्रतिशत अर्थात् २ लाख १० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ६४ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

    उक्त सेयरमा सर्वसाधारणले असोज १० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीलाई इक्रा नेपालले इक्राएनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ । कम्पनीको सेयरमा सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

    साथै मेरो सेयरको मोबाइल एप्लिकेसन तथा वेब साइटबाट पनि आवेदन दिन सकिने बिक्रीप्रबन्धकले जनाएको छ । 

    कम्पनीले सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका र थुलुङदुधकोशी गाउँपालिकामा ८६ मेगावाट क्षमताको सोलु खोला दुधकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाको कुल लागत निर्माण अवधिको ब्याजसहित ११ अर्ब ८६ करोड १ लाख १३ हजार रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij