बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

कान्तिलोकपथ बन्द

  • 424
    SHARES
  • https://indrenipost.com/index.php/posts/7974
    बैशाख २१, २०८१ शुक्रबार
    कान्तिलोकपथ बन्द

    ललितपुर । कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि सडक बन्द गरिएको कान्तिलोकपथ विस्तार आयोजनाका इन्जिनियर रवीन्द्र महर्जनले राससलाई बताए ।

    “काल्चेबाट बगुवातर्फ एक किलोमिटर अगाडिको साँघुरो सडकको छेउमा लगाइएको जाली र ग्याविन वाल पूर्ण रूपमा क्षति भएको छ । भित्ता कटिङका क्रममा खसेको ढुङ्गाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन । अर्को सूचना नभएसम्म यो सडक बन्द रहने छ”, उनले भने ।

    मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि ४५ दिनका लागि बन्द गरिएको सडक वैशाख १५ गतेदेखि दिनमा तीन घण्टामात्रै सवारीसाधन आवतजावतका लागि खुला गरिएको थियो ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij