बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

जनपुरको रेल सेवा तीन दिन बन्द


  • 514
    SHARES
  • https://indrenipost.com/index.php/posts/8000
    बैशाख २३, २०८१ आइतबार
    जनपुरको रेल सेवा तीन दिन बन्द

    काठमाडौं । जनकपुर-जयनगर-भंगाहा रेल आइतबारदेखि तीन बन्द हुने भएको छ । भारतमा हुने लोकसभा चुनावका कारण रेलसेवा तीन दिन बन्द हुने भएको हो ।

    भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ मा लोकसभा चुनाव हुन लागकोले रेलसेवा तीन दिन बन्द रहने नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा जारी सूचनामा उल्लेख छ ।

    चुनावको २४ घण्टा पहिले बन्द गर्नुपर्ने भएकाले आइतबारदेखि जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा जनाइएको छ ।

    इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij