बुधबार, असार २५ गते २०८२ Jul 09 2025 Wednesday
images
images

ब्रेकिङ न्यूज

ललितपुरमा आगलागी हुँदा एकै घरका पाँचजना घाइते


  • 487
    SHARES
  • https://indrenipost.com/index.php/posts/8006
    बैशाख २३, २०८१ आइतबार
    ललितपुरमा आगलागी हुँदा एकै घरका पाँचजना घाइते

    काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै घरका पाँचजना घाइते भएका छन् ।

    ललितपुर महानगरपालिका–१७ स्थित मोबिल स्टोरको टहरोमा आज (आइतबार) बिहान आगलागी हुँदा पाँचजना घाइते भएका हुन् । 

    आगलागीमा परी घाइते हुनेमा सञ्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका १५ वर्षीय छोरा नित गिरी, ८ वर्षीया छोरी प्रिया र ३ वर्षीया छोरी एलिसा छ । 

    उनीहरुलाई उपचारका लागि किस्ट अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

    मोबिल स्टोर रहेको टहरोमा भएको आलगागीमा भएको सुवेदीले बताए । अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij