मंगलबार, असार २४ गते २०८२ Jul 08 2025 Tuesday
images
images

सहयोग

नेपालीद्वारा तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग


  • 559
    SHARES
  • https://indrenipost.com/index.php/posts/8031
    पुष २६, २०८१ शुक्रबार
    नेपालीद्वारा तिब्बतका भूकम्पपीडितलाई ३७ लाख सहयोग

    काठमाडौं । गत मंगलबार चीनको स्वशासित क्षेत्र तिब्बतको तिंगी काउन्टीका भूकम्पपीडितलाई ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा त्यहाँ रहेको संस्था नेपाली दुःख निवारण कल्याणकोषले ल्हासामा बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन भएको रु ३७ लाख १७ हजार पाँच सय ३० प्रदान गरिएको छ ।  

    ल्हासास्थित रेडक्रस कार्यालयमा आज आयोजित कार्यक्रममा कल्याणकोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले ल्हासा रेडक्रसका प्रमुख लियो यिदोङलाई सहायता रकम हस्तान्तरण गरेका हुन् । 

    ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले  महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा अध्यक्ष लियो र महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा छलफल भएको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij