सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

सहकारी प्रकरण

वकिलहरूको माग– रविलाई थुनामुक्त गरिदिनुहोस् श्रीमान्


  • 802
    SHARES
  • https://indrenipost.com/index.php/posts/8060
    माघ २, २०८१ बुधबार
    वकिलहरूको माग– रविलाई थुनामुक्त गरिदिनुहोस् श्रीमान्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका वकिलहरूको बहस जारी छ । उनीहरूले रविको पक्षमा आज (बुधबार) बिहान ११ बजेबाट थुनछेक बहस सुरु गरेका हुन् । 

    सोमबार रविविरुद्ध सरकार र जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरेका थिए । आज रवि पक्षमा वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र रमण श्रेष्ठले बहस गरिरहेका छन् । 

    उनीहरूले रविलाई छाड्नुपर्ने तर्क पेस गर्दै इजलासमा बहस गरिरहेका छन् । जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने गत आइतबार आफैँ अदालतमा उपस्थित भएका थिए ।

    उनीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको आरोपमा अभियोजन दायर भएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij