बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

अर्थ

सरकारी बजेट खर्च गर्ने बाटो खुल्यो


  • 1.3K
    SHARES
  • https://indrenipost.com/index.php/posts/841
    असोज ८, २०७८ शुक्रबार
    सरकारी बजेट खर्च गर्ने बाटो खुल्यो

    काठमाडौं । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि ८ दिनदेखि रोकिएको सरकारी खर्चको अवरोध आजबाट हटेको छ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

    आजबाट सरकारलाई खर्च गर्न सजिलो भएको अर्थमन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए । ‘सरकारी खर्च प्रणाली नै अवरुद्ध थियो । विधेयक प्रमाणित भएपछि अब बजेट खर्च गर्न बाटो खुलेको छ । सरकारले जम्मा गरेर मात्रै भएन, त्यो रकम बजारमा पनि जानुपर्‍यो ।

    बजारमा भएको तरलता अभाव पनि अब सामान्य हुन्छ, प्रवक्ता आचार्यले भने ।

    गत जेठ १५ गते तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेको थियो ।

    Budget_pramanikaran.jpg

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij