मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

 गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति 

  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/8431
    चैत ९, २०८१ शनिबार
     गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति 

     

    काठमाडौं । तनहुँको भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरेको छ । हरेक वडाबाट दुई जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो । 

    हरेक विद्यार्थीलाई रु एक लाख ५० हजारका दरले रु ३९ लाख रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए । उनले भने, “प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका साथ उनीहरूलाई रोजगारी दिने योजना बनाइएको छ ।”  यसैबीच, स्थानीय पाठ्यक्रम ‘हाम्रो भानु’ ९कक्षा १–८०तयार गरेर नगरपालिका क्षेत्रका सबै विद्यालयमा निःशुल्क वितरण गरिएको छ । यस्तो पाठ्यपुस्तक निर्माण गर्नेमा भानु नगरपालिका गण्डकी प्रदेशमा पहिलो पालिका हो । 

    सरकारले बालविकास केन्द्रदेखि कक्षा ५ सम्मका लागि प्रतिदिन प्रतिव्यक्ति १५ का दरले दिवा खाजाका लागि अनुदान दिँदै आएकामा भानु नगरपालिकाले रु पाँच थप गरी प्रतिविद्यार्थी रु २० पुर्‍याई कक्षा ६ सम्म विस्तार गरेको छ । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij