सोमबार, असार २३ गते २०८२ Jul 07 2025 Monday
images
images

समाचार

नेपाली युवकलाई भारतमा फाँसीको सजाय


  • 2.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/858
    असोज १०, २०७८ आइतबार
    नेपाली युवकलाई भारतमा फाँसीको सजाय

    नावालक सौतेनी बहिनीलाई बलात्कार गरेको अभियोगमा बझाङका एक युवकले भारतमा मृत्युदण्ड (फाँसी)को सजाय पाएका छन् । बझाङ घर भएका ३१ वर्षीय युवकलाई आफ्नी चार वर्षीया सौतेनी बहिनी बलात्कार गरेको आरोपमा त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । 

    नेपाली नागरिकलाई भारतमा फाँसीको सजाय सुनाइएको संभवतः यो पहिलो घटना हो । ती युवक भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्ला जाजरदेवलमा बस्दै आएका थिए । आफैँ अभिभावक बनेर पाल्दै आएकी सौतेनी बहिनी बलात्कारको आरोपमा पक्राउ परेका उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतीय पत्रिका अमर उजालाका अनुसार ती युवक ३ अप्रिल २०२१ मा पक्राउ परेका थिए । गाउँमा बुबाआमाको मृत्युपछि सौतेनी बहिनी दाइसँग पिथौरागढमा बस्दै आएकी दिइन् । प्रमाण र बयानका आधारमा आरोप पुष्टि भएपछि उनलाई पिथौरागढका न्यायधीश डा.ज्ञानेन्द्रकुमार शर्माको एकल इजलासले शुक्रबार मृत्युदण्डको सजाय सुनाएको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij