शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

नेपाली सेनाको टोली म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो  


  • 2.1K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8582
    चैत २०, २०८१ बुधबार
    नेपाली सेनाको टोली म्यानमारका भूकम्पपीडितलाई राहत बोकेर उड्यो  

     

    काठमाडौं ।  म्यानमारका भूकम्पपीडितलाई राहत लिएर नेपाली सेनाको एक टोली म्यानमार प्रस्थान गरेको छ। हालै गएको विनाशकारी भूकम्पका कारण भएको क्षतिपछि सरकारको निर्णयबमोजिम सेनाको टोली मेडिकल राहतसहित आज म्यानमार प्रस्थान गरेको हो। प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, चार जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित २२ जनाको टोली सेनाको सीएन(२३५ सीएएसए विमानमार्फत म्यानमार गएको नेपाली सेनाले जनाएको छ।   


    विभिन्न औषधि तथा सामग्रीहरूसहित शल्यचिकित्सक, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरू म्यानमार गएका हुन्। उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको उपचार गर्नेछ। 

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij