मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

आन्दोलन जारी राखेका शिक्षकलाई सरकारले बोलायो वार्ता गर्न 


  • 1.4K
    SHARES
  • https://indrenipost.com/index.php/posts/8597
    चैत २१, २०८१ बिहीबार
    आन्दोलन जारी राखेका शिक्षकलाई सरकारले बोलायो वार्ता गर्न 

     
     काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षक कर्मचारीहरूलाई वार्ताका लागि आग्रह गरेको छ । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै हिजोदेखि शिक्षक कर्मचारीहरू काठमाडौं केन्द्रित आन्दोलनमा छन् । उनीहरूले उठान गरेका विषय आन्दोलनप्रति मन्त्रालय जानकार रहेको जनाउँदै वार्ताका लागि बोलाएको हो । 
     
    शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले प्रेस विज्ञप्ती जारी गर्र्दै छलफल गर्न र साझा धारणा निर्माण गर्न मन्त्रालय तयार रहेको जनाएका हुन् । विद्यालय शिक्षा विधेयक निर्माणको काम प्रतिनिधिसभा अन्तर्गत शिक्षा समितिमा भइरहेको जनाउँदै शिक्षक समुदायसँग विगत झैं फेरि पनि सान्दर्भिक छलफल गर्न र साझा धारणा निर्माण गर्न सरकार तयार रहेको जनाएका हुन् । त्यसका लागि शिक्षक तथा कर्मचारीका प्रतिनिधिहरुलाई मन्त्रालयमा स्वागत गर्न तयार रहेको बताए ।  विद्यालय शिक्षा सम्वन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० प्रतिनिधिसभामा पेश भई छलफलको प्रकृयामा छ । त्यसलाई यथाशिघ्र पारित गर्नुपर्ने भन्दै शिक्षक तथा कर्मचारीहरू हिजोदेखि काठमाडौंका सडकमा शैक्षिक सडक आन्दोलनमा छन् । 

    विद्यालय शिक्षा विधेयक समयमै पारित गर्ने वातावरण श्रृजना गर्नका निमित्त सिंगो शिक्षक समुदायको पैरवी, सरोकार र ऐक्यबद्धताका बारेमा मन्त्रालय सकारात्मक रहेका जनाए । शिक्षक समुदायका प्रतिनिधिहरुसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने अपेक्षा रहनु स्वभाविक रहेको मन्त्रालयको ठहर छ ।  विधेयक संसदमा पेश हुने, छलफल हुने र स्वीकृत हुने विधायकी प्रकृयाका सम्बन्धमा निश्चित कानूनी बन्दोबस्त रहेको प्रवक्ता सापकोटाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
    विद्यालय शिक्षा विधेयक स्वीकृतिको पर्खाइमा रहेकाले यसका लागि सामुहिक सन्देश प्रवाह गर्न मन्त्रालय सदैव सकारात्मक रहेको समेत जनाए ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij