मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

  • 253
    SHARES
  • https://indrenipost.com/index.php/posts/8654
    चैत २५, २०८१ सोमबार
    शिक्षक महासङ्घबाट देशभरका विद्यालयमा आमहड्ताल

    काठमाडौं । नेपाल शिक्षक महासङ्घले देशभरका विद्यालयमा अनिश्चितकालीन आमहड्ताल गरेको छ ।

    विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर गत बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएको महासङ्घले आजदेखि शिक्षा क्षेत्रमा अनिश्चितकालीन आमहड्ताल सुरु गरेको हो ।


    महासङ्घको आह्वानमा देशभरका शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा ऐक्यवद्धता जनाउन काठमाडौँ आएका छन् ।

    विगतका सहमतिअनुसार विद्यालय तहका सबै प्रकारका शिक्षकको स्थायित्व, बढुवा तथा सेवासुविधाको सवाल र विद्यालय कर्मचारीको स्थायित्वको सवाललाई समेत समेटेर विधेयक पास गर्नुपर्ने महासङ्घको माग छ ।


    हाल प्रस्तावित विधेयकमा शिक्षकलाई स्थानीय तह मातहत राख्ने व्यवस्था रहेको छ । स्थानीय तहमा बढी राजनीतिक चलखेल हुने भन्दै आफूहरूलाई सङ्घीय सरकारको मातहत राख्नुपर्ने शिक्षकहरूको माग छ । 

    हडताल अवधिभर उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन पनि महासङ्घले शिक्षकहरूलाई निर्देशन दिइएको छ ।

    २०८० साल असोज ५ गते सरकार र शिक्षक महासङ्घबीच भएको सहमति अनुसार शिक्षकको १०र१० वर्षमा आवधिक बढुवा हुनुपर्ने, माध्यमिक तहको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्ष सेवा कायम गर्नुपर्ने भनिएको छ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij