शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागार चलान


  • 334
    SHARES
  • https://indrenipost.com/index.php/posts/8657
    चैत २५, २०८१ सोमबार
    रास्वपा सभापति रवि लामिछाने भैरहवा कारागार चलान

     

    काठमाडौं । बुटवलको सुप्रिम सहकारी प्रकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो।

    चैत २२ गते (शुक्रबार) राति आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान यति एयरलाइन्सको विमानमार्फत गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । भैरहवा कारागारमा सोही सहकारी प्रकरणमा मुछिएका पूर्व डीआईजी छविलाल जोशी पनि रहेका छन् ।

    गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले सो आदेश गरेको हो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij