शनिबार, असार २१ गते २०८२ Jul 05 2025 Saturday
images
images

रास्वपा सचिवालय बैठक बस्दै 


  • 217
    SHARES
  • https://indrenipost.com/index.php/posts/8704
    चैत २८, २०८१ बिहीबार
    रास्वपा सचिवालय बैठक बस्दै 

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज पनि बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने बताइएको छ । आजको बैठकमा वैशाखमा गरिने महाधिवेशन  र जनयात्राको सन्दर्भ छलफल हुने जनाइएको छ ।

    यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानूनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको छ । बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सम्मानपूर्वक स्वीकार गर्दै आफैँ गिरफ्तारी दिने सार्वजनिक घोषणा गरिसकेको अवस्थामा उच्चको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतले प्रक्रिया सुरु नगर्दै हतार हतारमा गिरफ्तार गरिनु कानून विपरीत भएको ठहर गरेको हो ।

    चैत २२ गते राति पक्राउ परेका लामिछानेलाई २५ गतेमात्र जिल्ला अदालत रूपन्देहीमा उपस्थित गराएर थुनुवा पुर्जी दिइएकाले उनको दुई दिन तीन रातको हिरासत बसाइ स्वतः अवैध रहेको पनि रास्वपाको दाबी छ । कानूनले निर्धारण गरेका आधारभूत कागजात र अदालतको आदेशसमेत नलिई प्रहरी घरमा प्रवेश गर्नु, सभापति लामिछानेले मागेपछि मात्रै ढिला गरी पत्र दिनु, उच्च अदालतले समेत आदेश गरिसकेको मुद्दामा अनुसन्धानका लागि भन्दै पक्राउ गर्नु र प्रहरीका उच्च अधिकारीले नै ‘अन्तिम इच्छा’ सोध्नुजस्ता क्रियाकलापले कानूनी शासनको धज्जी उडाएको रास्वपाको ठहर छ ।

    उक्त घटनाले सभापति लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको पुनः प्रमाणित भएको उल्लेख गर्दै रास्वपाले उक्त अमर्यादित एवं अमानवीय व्यवहारको भर्त्सना गरेको छ ।

    बैठकमा लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको र उनीमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लङ्घनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीको तर्फबाट प्रेसित गरेको पत्र प्रस्तुत गरिएको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij