शुक्रबार, असार २० गते २०८२ Jul 04 2025 Friday
images
images

बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री 


  • 235
    SHARES
  • https://indrenipost.com/index.php/posts/8915
    बैशाख १७, २०८२ बुधबार
    बिमा कार्यक्रममा आँखाको स्वास्थ्यलाई समायोजन गरिनेछः प्रधानमन्त्री 

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहरुद्वारा आज काठमाडौँमा आयोजित ‘इन साइट अफ लाइभ २०३०ञ  नामक अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दिगो विकास लक्ष्यहरूप्रति प्रतिबद्धता जनाउँदै  विशेष गरी दृष्टि गुमाउने जोखिममा रहेकालाई ध्यानमा राखेर प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवामा आँखा स्वास्थ्यको समायोजनलाई प्राथमिकता दिइएको बताए । 

    नेपालमा सन् २०२२ मा बच्न सकिने अन्धोपनको द्रूत मूल्याङ्कन पूरा भएको र यसले हाम्रा राष्ट्रिय प्राथमिकतालाई मार्गदर्शन गर्न सघाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्र रणनीतिक योजनामा सन् २०३०  प्रभावकारी मोतियाबिन्दु शल्यक्रिया कभरेज ३५।४५ बाट बढाएर ७५ प्रतिशतसम्म गर्ने प्रतिबद्धता राखिएको अवगत गराए । उनले यस यत्रामा कुनै पनि मुलुक एक्लै हिँडेर गन्तव्यमा पुग्न नसक्ने भएकाले विश्वव्यापी सहकार्यमा जोड दिए।

     आँखा स्वास्थ्यलाई अब सार्वजनिक स्वास्थ्य पूर्वाधारको एक हिस्सारुपमा लिइएको बताउँदै उनले विद्यालय तहबाट दृष्टि परीक्षण र नर्स कार्यक्रम सञ्चालन गरी शिक्षामा समानता र लैङ्गिक पहुँच विस्तार गरिएको पनि बताए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij