बिहीबार , साउन १ गते २०८२ Jul 17 2025 Thursday
images
images

अर्थ

सातामा लगातार तेस्रो दिन सेयरबजारमा ओरालो


  • 3.9K
    SHARES
  • https://indrenipost.com/index.php/posts/920
    असोज १२, २०७८ मंगलबार
    सातामा लगातार तेस्रो दिन सेयरबजारमा ओरालो

    काठमाडौं । यो साता लगातार तेस्रो दिन सेयरबजारमा ठूलो गिरावट आएको छ । आज मंगलबार पनि सेयरबजारमा ७० अंकको पहिरो गएको हो । 

    नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २६१५.४० विन्दुमा र सेन्सिटिभ सूचक ११.४२ अंकले घटेर ४९४.९१ विन्दुमा रोकिएको छ । आजको कारोबारमा २१८ कम्पनी सामेल भएका छन् । तिनीहरुको १ करोड ३० लाख कित्ता सेयर बिक्री भएको हो । 

    दिनभरिमा ७५ हजार ३ सय ७४ पटकको खरिदबिक्रीमा ५ अर्ब ७४ करोड ५४ लाखको मात्र कारोबार भएको नेप्सेले जनाएको छ । आज सबै उपसूचकहरु राताम्य छन्। मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोलाको १० प्रतिशतले सेयर मूल्य बढे पनि अरु कम्पनीका लगानीकर्ताले कमाउन सकेका छैनन् । 

    आज पनि अधिकांश कम्पनीका सेयरधनीले घाटा व्यहोरेका छन् । आज एउटा कम्पनीको अधिकतम १८ करोडसम्म मात्रै कारोबार भएको छ । यसअघि आइतबार र सोमबार पनि नेप्से दोहोरो अंकले घटेको थियो । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij