मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

बाढीले बस बगायो,यात्रु सकुशल


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/9324
    असार ६, २०८२ शुक्रबार

    नवलपरासी, ६ असार पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल खण्डको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोलामा आएको बाढीले यात्रुवाहक बस बगाएको छ । 

    काठमाडौँबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे१ख ४०८५ नम्बरको बसलाई गए राति बाढीले बगाएको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रमुख प्रहरी निरीक्षक राजन तिमिल्सेनाले जानकारी दिए । यो खोलाको नयाँ डाइभर्सनबाट बस गुडिरहेको बेला एक्कासी आएको बाढीले बस बगाएको उनले जानकारी गराएका छन। 

    नयाँ डाइभर्सनबाट आउँदै गर्दा बाढीले बस बगाएको हो प्रहरी निरीक्षक तिमिल्सेनाले भने “तत्काल एक्साभेटर लगेर सबै यात्रुको सकुशल उद्धार गर्न सफल भयौँ ।”
     
    बसमा तीन शिशुसहित ३८ जना यात्रु रहेका थिए । उक्त क्षेत्रमा पानी निरन्तर परिरहेका कारण उक्त खोलाबाट बस निकाल्न नसकिएको उनले भने। यात्रुको सामान के कति बगायो भन्नेबारे अहिले सम्म पत्ता लागेको छैन । रातभरी अत्याधिक पानी परेको कारण उक्त सडकखण्ड पूर्णरुपमा अवरुद्ध छ । दाउन्नेमा सडक हिलाम्य भएकाले सवारीसाधन गुड्न सकेका छैनन । वैकल्पिक सडक प्रयोग गर्न प्रहरी निरीक्षक तिमिल्सेनाले यात्रुलाई आग्रह गरेका छन । वर्षाको समयमा सबै यात्रुहरु सुरक्षित रहना प्रशासनले आग्रह गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij