मंगलबार, असार १७ गते २०८२ Jul 01 2025 Tuesday
images
images

आजको मौसम केही स्थानमा भारी वर्षाको सम्भावना


  • 793
    SHARES
  • https://indrenipost.com/index.php/posts/9344
    असार १०, २०८२ मंगलबार
    आजको मौसम केही स्थानमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, १० असार । देशभर मनसुनी वायुको प्रभाव बढेसगै आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया पानी पर्ने सम्भावना रहेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाद्दारा जारी बुलेटिनका आधार अनुसार कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्चपहाडी तथा हिमाली भागका केही स्थान तथा बाँकी उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षा हुने सम्भावना छ । नागरिकलाई सर्तकता अपनाउन प्रशासनले अनुरोध समेत गरेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij