नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले प्रहरी सेवाबाट राजीनामा दिएका छन्।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले भने ऐरीले केही दिन अगाडि नै राजीनामा दिएका थिए।
ऐरी नेपाल प्रहरीमा सहायक हवलदार पदमा जागिरे थिए।
उनले घरको समस्याका कारण भनेर राजीनामा दिएका थिए। उनको राजिनामा स्वीकृत भईसकेको छ ।