काठमाडौंँ, १२ असार सरकारले लागुऔषध नियन्त्रणका लागि छुट्टै विभाग निर्माण गर्ने भएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा आगामी वर्षमा सो विभाग स्थापना गरिने भएकोछ ।
सो कार्यक्रममा गृहमन्त्री लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी वर्षमा छुट्टै विभाग स्थापना गर्न लागेको बताए । उनले लागुऔषध नियन्त्रण सरकारको उच्च प्राथमिकतामा रहेको जानकारी दिए।
“हामी लागुऔषध नियन्त्रण गर्नका लागि आगामी आर्थिक वर्षमा गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गर्नेछौ ।” गृहमन्त्री लेखकले भने “ गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम, रोकथाम र सजाय लगायतका कार्यक्रम अघि बढाएको छ ।”
लागु औषध सेवन दुव्र्यसनकै कारण सडक दुर्घटना, आत्महत्या, साइबरक्राइम लगायतका घटना हुने गरेको बताउनुभयो ।“ मुख्य विषय भनेको यसको रोकथाम हो । जनचेतना महत्वपूर्ण विषय हो । लागु औषधको दुरुपयोगले समाजलाई समाजलाई भयावह ढङ्गले प्रभावित गरेको छ ।” लेखकले भने “लागुऔषध नियन्त्रणका लागि समाज, घर, टोल र विद्यालयसम्म पुगेर सचेतनामूलक कार्यक्रम चलाउन आबश्यक छ ।”
लागुऔषध नियन्त्रणको अभियानमा सहयोग गर्न आग्रह गर्दै मन्त्री लेखकले सरकारको प्रयासले मात्रै नियन्त्रण कठिन रहेको बताए ।“ १ लाख ३४ हजार जना लागुऔषध सेवनककर्ता रहेको तथ्याङक छ । समाज नराम्रोसित प्रभावित हुदैछ ।” उनले भने, “मुलुकभरका कारागारका कैदीबन्दी मध्ये ठुलो सङ्ख्यामा लागुऔषध दुब्यशन, ओसारपसार, भण्डार गर्नेको जनमास रहेको छ । यसबाट पनि यसको अवस्था प्रष्ट हुन्छ” ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक दीपक थापा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र विभिन्न सरोकारवाला निकाय, सरकारी तथा गैरसरकारी संस्थाको सहभागिता रहेको थियो ।