सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

एसइईको नतिजामा भारी सुधार, ६१.८१ परीक्षार्थी उर्तिण


  • 1.2K
    SHARES
  • https://indrenipost.com/index.php/posts/9374
    असार १३, २०८२ शुक्रबार
    एसइईको नतिजामा भारी सुधार, ६१.८१ परीक्षार्थी उर्तिण

    भक्तपुर, १३ असार  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी ग्रेडेड भएका छन् ।

    आज सार्वजनिक नतिजाअनुसार विसं २०८१ को एसइई परीक्षामा नियमिततर्फ सहभागी ४ लाख ३८ हजार ८९६ परीक्षार्थी मध्ये ३.६ जीपए देखि ४ जेपीए सम्म ल्याउने ४८ हजार १७७ जना परिक्षार्थी  ३.२ जिपिएदेखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना र २.८ जिपिएदेखि ३.२ जिपिए ल्याउने ८९ हजार १२४ जना परीक्षार्थी रहेका छन् । 

    त्यसैगरी २.४ जिपिए देखि २.८ जिपिएसम्म ल्याउने ४८ हजार ४७९ जना, २ जिपिएदेखि २.४ जिपिए ल्याउने ४ हजार १३६ जना र १.६ देखि २ जिपिए ल्याउने ८ जना परीक्षार्थी रहेका छन् ।

    १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। १ लाख ६७ हजार ५९७ विद्यार्थीको नतिजा एनजी आएको छ । नतिजा हेर्न १ घण्टा जति पर्खिनुपर्ने कुरा बोर्डले जनाएको छ ।

    शुक्रबार सार्वजनिक नतिजा हेर्न बिभिन्न ब्यबस्था गरिएको छ । यसकालागी वेवसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने छ । १६०० डायल गरी  प्राप्त निर्देशन अनुसार नतिजा जान्न सकिनेछ । साथै राष्टिय परिक्षा बोर्डको वेवसाइड हेर्न सकिने बोर्डले बताएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij