सोमबार, असार १६ गते २०८२ Jun 30 2025 Monday
images
images

आज प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची


  • 496
    SHARES
  • https://indrenipost.com/index.php/posts/9376
    असार १४, २०८२ शनिबार
    आज प्रतिनिधिसभा बैठकको यस्तो छ कार्यसूची

    काठमाडौँ, १४ असार संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।आजको बैठकमा बजेटसँग सम्बन्धित विधेयकहरुलाई पारित गर्ने सम्भावित कार्यसूची रहेको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने ‘ आर्थिक विधेयक, २०८२, राष्ट्र ऋण उठाउने विधेयक, २०८२ लाई पारित गर्ने कार्यसूची रहेको छ ।

    यस्तै, नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिएका छन । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका बारेमा सदनलाई जानकारी गराउने सम्भावित कार्यक्रम छ । संयुुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजै स्पेन भ्रमणमा जाँदै छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij