सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

गोली प्रहारबाट एक किशोरीको मृत्यु


  • 244
    SHARES
  • https://indrenipost.com/index.php/posts/9512
    असार ३०, २०८२ सोमबार

    सुनसरी । इनहरुवा सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर – ६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन।  
    घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ । गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले भने । गोली प्रहार गरे लगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । भारतको सुपौल र सुनसरीको हरिनगर नाका सहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij