सोमबार, असार ३० गते २०८२ Jul 14 2025 Monday
images
images

स्पेन जाँदाको सरकारी टोली बाहेकको विषय छानबिन गर्न गृहमन्त्रीको आदेश


  • 739
    SHARES
  • https://indrenipost.com/index.php/posts/9513
    असार ३०, २०८२ सोमबार

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डल बाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न कडा निर्देशन दिएका छन ।
    मन्त्री लेखकले आज स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।
    “प्रधानमन्त्रीको प्रतिनिधिमण्डल बाहेक स्पेन को को गए, कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु”, मन्त्री लेखकले भने, “स्पेन जाने भिजिट भिषाको प्रबन्ध कसले ग¥यो  लगायतका विषयमा अनुसन्धान हुनेछ ।”
    उक्त विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । “यस विषयमा दोषी देखिएकालाई कारबाही गरिने छ”, मन्त्रीले भने । प्रधानमन्त्री ओली यही असार १४ गते स्पेन भ्रमण गरेका थिए।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij