बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

फोहर व्यवस्थापनका लागि ‘स्मार्ट सफ्टवेयर’ सार्वजनिकः कृत्रिम बुद्धिमत्ता र जिपिएससहितको नयाँ प्रणाली


  • 352
    SHARES
  • https://indrenipost.com/posts/10072
    भदौ १६, २०८२ सोमबार
    फोहर व्यवस्थापनका लागि ‘स्मार्ट सफ्टवेयर’ सार्वजनिकः कृत्रिम बुद्धिमत्ता र जिपिएससहितको नयाँ प्रणाली

    ललितपुर, १६ भदौ — नेपाल टेक मार्केटले सहरी फोहर व्यवस्थापनलाई स्मार्ट र सहज बनाउन ‘फोहर व्यवस्थापन सफ्टवेयर’ प्रणाली सार्वजनिक गरेको छ। यस प्रणालीलाई सोलिड वेष्ट एशोसियशन म्यानेजमेन्ट नेपाल र अपकोड नेपालसँगको सहकार्यमा तयार गरिएको हो ।
    कार्यक्रममा नेपाल टेक मार्केटका प्रमुख कार्यकारी अधिकृत चीरञ्जीवी अधिकारीले यो पहल प्रविधिमात्र नभई सामाजिक जिम्मेवारीसँग जोडिएको बताउँदै फोहर पुनःप्रयोग, पुनःचक्रण र दीगो समाधानतर्फको सुनौलो अवसर भएको उल्लेख गरे । उनका अनुसार सफ्टवेयर उपभोक्ता तथा बजारको मागलाई ध्यानमा राखेर कृत्रिम बुद्धिमत्ताको प्रयोगसहित विकास गरिएको हो ।
    अपकोड नेपालका वरिष्ठ सफ्टवेयर इञ्जिनियर मङ्गल कृष्ण प्रधानले प्रणाली प्रयोगकर्तामैत्री, बलियो, सुरक्षित र सजिलो रहेको जनाउँदै यसले फोहर सङ्कलनदेखि व्यवस्थापनलाई प्रभावकारी बनाउने बताए । उनका अनुसार यो सफ्टवेयर घरधुरी, अस्पताल, होटल, विद्यालय, व्यवसायी, सरकारी संस्था र फोहरमैला व्यवस्थापन गर्ने संस्थाका लागि उपयोगी हुनेछ । साथै, अनलाइन भुक्तानी सुविधा, नगरपालिकाको लागि छुट्टै ड्यासबोर्ड र फोहर बोकेको सवारीमा जिपिएस ट्रयाकिङसमेत उपलब्ध गराइएको छ ।
    नेपाल टेक मार्केटकी प्रमुख व्यावसायिक अधिकृत सुष्मिता पौडेलका अनुसार सफ्टवेयरले प्रयोगकर्ताबाट सकारात्मक प्रतिक्रिया पाएको छ । उनले डिजिटल रुपान्तरणले घरघरलाई फोहर वर्गीकरण गर्न प्रेरित गर्ने, स्थानीय तहको कार्यक्षमता बढाउने र समुदायलाई सबल बनाउने विश्वास व्यक्त गरेका छन ।
    यस अभियानमार्फत ‘सफा सहर अभियान’लाई दीर्घकालीन पहलको रूपमा स्थापित गर्ने, पुनःचक्रण उद्योग र हरित रोजगारी प्रवर्द्धन गर्ने, नागरिक सचेतना अभिवृद्धि गर्ने तथा अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा लागू गर्ने लक्ष्य राखिएको आयोजकहरूले जनाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij