बिहीबार , भदौ १९ गते २०८२ Sep 04 2025 Thursday
images
images

राष्ट्रियसभाको बैठक आज, तीन विधेयक र समितिको छलफल


  • 604
    SHARES
  • https://indrenipost.com/posts/10073
    भदौ १६, २०८२ सोमबार
    राष्ट्रियसभाको बैठक आज, तीन विधेयक र समितिको छलफल

    काठमाडौँ, १६ भदौ ।  राष्ट्रियसभाको बैठक आज अपराह्न ३ः१५ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्ने भएको छ । बैठकमा सभाध्यक्षले मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउनेछन् ।
    यसैगरी, विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्नेछन् । त्यस्तै, राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यक्रम छ ।
    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।
    आजै दुई संसदीय समितिको बैठक पनि बस्ने भएका छन् । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् पहिलो संशोधन विधेयक, २०८२’ सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’ मा छलफल गर्ने कार्यक्रम छ, जसको बैठक विहान ११ः३० बजे बस्ने जनाइएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij