सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सानो खैरो गिद्धको अध्ययन


  • 757
    SHARES
  • https://indrenipost.com/posts/1187
    असोज २८, २०७८ बिहीबार
    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा दुर्लभ सानो खैरो गिद्धको अध्ययन

    कञ्चनपुर । विदेशी टोलीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरको क्षेत्रमा विश्वमै दुर्लभ रहेको सानो खैरो गिद्धको अध्ययन गरेको छ । शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी टोली दुई दिन गिद्धको अध्ययन गरेको थियो ।

    सानो खैरो गिद्धको बासस्थान, आहारा र संख्याबारे अनुसन्धान गर्न जर्मनीका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित चितवन राष्ट्रिय निकुञ्ज सौराहका नेचर गाइड नारायण महतोको टोली आएका थिए । टोली बिहीबार फर्किएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका नेचर गाइड सुमन चौधरीले बताए ।

     ‘अनुसन्धानकर्ता विदेशी पाहुनको टोली खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे)मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ’ उनले भने, ‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको छ ।’

    उनका अनुसार सानो खैरो गिद्धको अवलोकनका सँगै विभिन्न कोणबाट तस्वीर लिने कार्य अनुसन्धान टोलीले गरेको छ । गिद्धको अवस्था र आहारबारे समेत जानकारी लिने कार्य गरेका छन् । सुरुको दिनमै सानो खैरो गिद्ध देख्न पाएपछि अनुसन्धान टोली निकै उत्साहित बनेको चौधरीले बताए ।

    टोलीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रकृति, पंछी र मानवबीच घनिष्ट सम्बन्ध रहेको र यस्तो सम्बन्ध नेपालभरको बसाइमा अन्त देख्न नपाएको बताए ।

    विश्वमै दुर्लभ र प्रकृतिका कुचिकारका रुपमा रहेका गिद्धको अनुसन्धानका लागि पुगेको टोलीले चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत नेपालको हिमाली क्षेत्रमध्ये पोखरा र मुस्ताङसम्म पुगेर अनुसन्धान गर्ने बताइएको छ ।

    सानो खैरो गिद्ध नेपाललगायत दक्षिणपूर्वी एसियामा पाइन्छ । यस प्रजातिका गिद्ध ३५० मिटरदेखि एक हजार ५२५ मिटरसम्मको उचाइमा पाइने गर्दछ । मानव बस्ती नजिक यो गिद्धको बासस्थान रहने गर्दछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij