सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि


  • 640
    SHARES
  • https://indrenipost.com/posts/1192
    असोज २८, २०७८ बिहीबार
    पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु, ४ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजिन परीक्षणका क्रममा बिहीबार ४५५ जनामा संक्रमण पुष्टि भएको हो । 

    गत २४ घण्टामा पीसीआर र एन्टिजिन गरी ६ हजार २४१ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

    ३ हजार ४१८ जनाको पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ जनाको एन्टिजेन परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टि भएको हो । 

    गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij