सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

समाचार

अधिकारकर्मी रुवी खानलाई रिहा गर्न र पुनः पक्राउ नगर्न सर्वोच्चको आदेश


  • 838
    SHARES
  • https://indrenipost.com/posts/1193
    असोज २८, २०७८ बिहीबार
    अधिकारकर्मी रुवी खानलाई रिहा गर्न र पुनः पक्राउ नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । महिला अधिकारकर्मी रुवी खानलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । खानलाई बहुविवाहको आरोपमा पक्राउ गरी प्रहरीले  नेपालगञ्ज पुर्‍याएको थियो ।

    उनको पक्राउविरुद्ध अधिवक्ता मोहना अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले बिहीबार खानलाई रिहा गर्न आदेश दिएको हो । रिहा गरेलगत्तै पुनः पक्राउ वा धरपकड नगर्नसमेत सर्वोच्चले आदेश दिएको छ ।

    न्यायको खोजीमा नेपालगञ्‍जबाट २० दिन हिँडेर काठमाडौं आएका ११ महिलासहितको १४ जनाको टोलीलाई माइतीघरमा शुक्रबार साँझ धर्ना बसिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    बाँकेको नेपालगञ्‍ज उपमहानगरपालिका ७ का स्थायी बासिन्दा रुवीलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेपछि उनको अवस्था सार्वजनिक गर्न माग गर्दै शनिबार र आइतबार माइतीघरमा प्रदर्शनसमेत भएको छ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij