सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

सशस्त्र प्रहरीले गरे निशान तथा मौलो पुजा


  • 1.2K
    SHARES
  • https://indrenipost.com/posts/1194
    असोज २८, २०७८ बिहीबार
    सशस्त्र प्रहरीले गरे निशान तथा मौलो पुजा

    काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलोपुजा सम्पन्न भएको छ । बडा दसैँको अवसरमा १९  नम्बर  गणको हेक्वा बगलामुखी हल्चोक स्वयम्भूमा  आज सशस्त्र प्रहरीको निशान तथा मौलो पूजा गरिएको हो ।

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पूजा अर्चना गरेको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत, बिल्लादार तथा जवानहरूबाट पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो ।

    बिहान ७ बजेर ११ मिनेटको पूजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पूजा कार्यक्रममा महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जा छाप लगाए ।

    सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पूजा कार्यक्रममा सशस्त्र प्रहरीको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । खनालले मौलोपूजा व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गरे ।

    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरूको उपस्थिति रहेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij