सोमबार, असार ९ गते २०८२ Jun 23 2025 Monday
images
images

अधिकांश मानिस बाहिरिएपछि

दशैँमा काठमाडौं उपत्यका सुनसान


  • 775
    SHARES
  • https://indrenipost.com/posts/1195
    असोज २८, २०७८ बिहीबार
    दशैँमा काठमाडौं उपत्यका सुनसान

    काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौं सुनसान भएको छ । बडा दसैँ तथा तिहार मनाउन सर्वसाधारणहरू गाउँ फर्किएका र काठमाडौंका स्थानीयवासीहरू घरबाहिर ननिस्किँदा काठमाडौं सुनसान भएको हो । 

    सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले जनसंख्या पातलिँदै जाँदा सुनसान भएका हुन् । सडकमा हिँड्डुल गर्ने मानिस र सवारीसाधन फाट्टफुट्ट मात्रै देखिएका छन् भने किनमेलका पसलहरु प्रायः बन्द छन् । 

    काठमाडौंमा मानिसहरुको खचाखच हुने न्युरोड, एनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु बन्द रहेका छन् । दसैँमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्न भन्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ठाउँ–ठाउँमा चेकिङ गरिरहेको छ ।
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij